भुम्दीकोट समाज पोखरा
पोखरा–२२, भुम्दी
भुम्दी गाउँलाई लोकप्रिय, प्रचार मुखी बनाउन साथै सरकारी र गैर सरकारी पक्षबाट विधिवत रुपमा विभिन्न सहयोग प्राप्त गरी गाउँको मुहार फेर्न भुम्दी गाउँबाट पोखरा आई बसोबास गर्ने आफ्नै रितिरिवाज, धर्म संस्कृती, संस्कार मिल्ने व्यक्तिहरुको समुह मिलेर वि.सं. २०७६ सालमा विधिवत दर्ता गरी स्थापना गरिएको संस्था हो भुम्दीकोट समाज पोखरा–२२ ।
भुम्दीकोट पोखरा–२२ ले वि.सं.२०७६ सालदेखी हालसम्म गरेका कामहरुको प्रगति विवरण यसप्रकार छन्:
१) वि.सं. २०७७ सालमा कोभिड–१९ को संक्रमणको समयमा यसको असरहरुबाट दैनिक गुजारा गर्न समेत समस्यामा रहेका भुम्दी गाउँबासी परिवारहरुमा राहत सामग्री वितरण गरिएको ।
२) भुम्दी गाउँलाई लोकप्रिय र आय मुलक गाउँ कसरी बनाउन सकिन्छ भनि पोखरा र गाउँमा भएका भुम्दीकोट बासीहरु बिच विभिन्न समयमा अन्तरक्रिया कार्यक्रम गरिएको ।
३) वि.सं. २०७७ सालमा भुम्दीकोट समाजको परिचय र गतिविधी खुल्ने गरी दस्तावेजका रुपमा यु.के. निवसी सीता गुरुङ्ग तथा गंगादेवि गुरुङ्ग र वहाको श्रीमान् मेजर जस बहादुर गुरुङ्गज्यूको सौजन्यमा भुम्दीकोट समाज पोखराको स्मारीका प्रकाशन गरिएको ।
४) भुम्दी गाउँमा रहेको ओखले डाँडा माध्यमिक विद्यालयलाइ वार्षिक रुपमा विद्यार्थीहरुको पठन पाठनमा सहयोको लागि रु. ५,०००।– (अक्षरेपी पाँच हजार) बरावरको आर्थिक सहयोगको निरन्तरता गरिएको ।
५) गाउँमा रहेको भुम्दी टुनार समाजघर, काभ्रे देउराली स्वाँरा समाजघर र भुम्दी टुनार होमस्टेलाई आर्थिक सहयोग गरिएको ।
६) कोभिड–१९ ले आक्रान्त भएका गाउँबासी जो अत्यन्तै पिडित र दैनिक गुजारा गर्न समेत समस्यामा रहेका छन् उनिहरुलाई यु. के. र हङ्गकङ्गबाट आएको राहत रकम भुम्दीकोट समाज पोखरा–२२ को समन्यवमा वितरण गरिएको ।
७) वि.सं. २०७६ सालबाट हालसम्म समाजको जम्मा ४५ वटा बैठक बसी विभिन्न समयमा विभिन्न निर्णयहरु गरिएको ।
८) समाज विधिवत दर्ता भएपछि दुई नयाँ सदस्यहरु कप. दिलकाजी गुरुङ्ग र सुर्य बहादुर गुरुङ्गलाई समाजको लाग्ने दस्तुर रु. १५,०००।– शुल्क लिई भुम्दीकोट समाज पोखरा–२२ मा प्रवेश गराइएको।
९) समाजको सदस्यहरुको पितृकार्य साथै विवाह भोजहरुमा समाजले गर्ने दायित्वहरु निर्वाह गर्दै आइएको ।
१०) भुम्दीकोट समाज पोखराले आमा समूको नेतृत्वमा हामीभन्दा कम भाग्यशाली, गरिव र आर्थिक अर्थोपार्जन एकदम न्यून भएका चेपाङ्ग परिवारहरुलाई चेपाङ्ग बस्तीमा गई न्यानो कपडा बाड्ने कार्य, न्यानो ल्होछार कार्यक्रम गरिएको ।
११) भुम्दी गाउँलाई उज्यालो बनाउने अभियानमा भुम्दी र काभ्रे देउराली स्वाँरा गाउँमा सडक बत्ति जडानको लागि आर्थिक सहयोग गरिएको ।
१२) भुम्दी गाउँलाई चिनाउने र होमस्टे का लागि पर्यटक प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले भुम्दी गाउँको चिनारी गितको म्युजिक भिडियो भुम्दीकोट समाज यु.के.का निवर्तमान अध्यक्ष जुमकाजी गुरुङ्गज्यूको सौजन्यमा भुम्दीकोट समाज पोखरा–२२ को पहलमा निर्माण सम्पन्न गरिएको ।
१३) भुम्दी गाउलाई बगैचैबगैचाको फुलबारी बनाउने उद्देश्य अनुरुप भुम्दी गाउँमा दर्जनौ विभिन्न प्रजातीका विरुवाहरु लगाएर बृक्षारोपण गरिएको ।
१४) भुम्दी गाउँको बाटो स्तरोन्नतीको लागि विविध विषयमा भुम्दी समाज पोखराले सहयोग गर्दै बाटो बनाउने मजदुरहरुलाई हौसला प्रदान गर्न एक दिनको खाजाको व्यवस्था गरिएको ।
१५) भुम्दीकोट समाज पोखरा–२२ को ल्होछार कार्यक्रममा समाजका अग्रज व्यक्तित्वहरु जो ८० बसन्त पार गर्नुभएको छ, वहाँहरु साथै समाजमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वहरु, कलाकारहरु, स्नातक र स्नातकोत्तर गरेका सदस्यका बालबालिकाहरुलाई सम्मान गर्ने कार्य गरिएको ।
१६) ट्होटे पर्व मनाऔं आफ्नो गाउँको संस्कृती आफै जोगाऔं भन्ने मुल नाराका साथ पोखरा र गाउँमा भएका सदस्यहरु सम्मिलित भई ट्होटे पर्वको निरन्तरता गरिएको ।
१७) नेपालीहरुको महान चाड दिपावलीको पावन अवसरमा आफ्ना समाजको सदस्यहरुको सु–स्वास्थ्य दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै घरदैलो कार्यक्रम गरेर आर्थिक सहयोग संकलन गरिएको।
१८) भुतपुर्व खेलाडी मञ्च पोखराको आयोजनामा भएको सफल पोखरा म्याराथन प्रतियोगीतामा धावकहरुलाई हौसला दिन र स्वागतका लागि उपस्थिती जनाउँदै आर्थिक सहयोग गरिएको ।
भावि कार्यक्रमहरु:
१) हाल सुचना प्रविधिको युगमा भुम्दीकोट समाजले गरेका गतिविधीहरुलाई बिद्युतिय माध्यमबाट देश विदेशमा रहेका सम्पुर्ण भुम्दीकोट समाजका सदस्यहरुलाई उपलब्ध गराई वहाहरुको सल्लाह सुझावलाई ग्रहण गरी समाजलाई अग्रगामी गतीमा अगाडी लिएर जान साथै डिजीटल्ली अभिलेख राख्ने उद्देश्य अनुरुप छिटै भुम्दकोट समाजको वेव पेजको निर्माणको लागि अघि बढेका छौं ।
२) भुम्दी गाउँमा भएको घरबासलाई आयमुलक बनाउन र पर्यटक प्रवद्र्धन गर्न पिकनिक स्पटका साथै पर्यटकहरु घुम्न लायक संरचनाहरुको निर्माणको लागि पहल गर्ने ।
३) समाजघर निर्माणको लागि पहल गर्ने ।
अन्त्यमा, समाजमा विशिष्ट काम गर्ने व्यक्तित्वहरुलाई मुरी मुरी धन्यबाद दिँदै आगामी दिनहरुमा पनि यसरी नै निस्वार्थ भावका साथ आफ्नै भुम्दीगाउँलाई फर्किएर हेरी निस्वार्थ भावले काम गर्ने बाचाका साथ सम्पुर्ण सदस्यहरुलाई सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ।
धन्यवाद !
जय भुम्दीकोट समाज !
______________________
क्या. ठाकुर बहादुर गुरुङ्ग
