हाम्रो बारेमा

Baraha Temple in Bhumdikot

भुम्दिकोट समाज, पोखरा, मा स्वागत छ। यो गण्डकी प्रदेशको गैरसरकारी संस्था कार्यालयमा वि ।सं । २०५८ मा औपचारिक रूपमा स्थापना गरि वि.सं. २०६८ मा दर्ता गरिएको एक पंजीकृत परोपकारी समुदाय संगठन हो।

भुम्दिकोट समाज समुदायको कल्याण र सशक्तीकरणका लागि समर्पित छ। यसले पोखरामा र संसारभर भुम्दिकोटबाट आएका समुदायका सदस्यहरू बसोबास गर्ने ठाउँहरूमा समावेशी र प्रगतिशील समुदाय निर्माण गर्न अग्रसर भूमिका निर्वाह गर्दै आएको छ।

यस परोपकारी संस्थाको मुख्य उद्देश्य भुम्दिकोट समुदायलाई एकजुट गराउनु र उनीहरूलाई हाम्रो समाजमा समाहित गर्न मद्दत गर्नु हो, साथै हाम्रो विशिष्ट पहिचानलाई कायम राख्नु हो। यस संस्थाले स्थानीय परिषद्, स्थानीय संगठनहरू र विभिन्न अन्य परोपकारी संस्थाहरूसँग सशक्त सम्बन्ध राखेको छ।

गन्डकी अन्चल, कास्की जिल्लामा अवस्थित, सुरुमा भुम्दी पञ्चायत अनि पुम्दी भुम्दी गाउँ पञ्चायत त्यसपछि पुम्दी भुम्दी गाउँ विकास समिति हुँदै हाल पोखरा उपमहानगरपालिका वडा नं.२५ हुन पुगेको भुम्दीकोट अहिले पोखरा महानगरपालिका वडा नं.२२ भएको छ ।

प्राकृतिक सम्पदाले भरिपूर्ण थाप्ले पहाडको छहारीमा अन्नपूर्ण हिमशृङ्खलाको स्वच्छ पवनको सितलतामा बरह बज्यैको न्यानो आँचलमा सिद्ध बाजेको काखमा अवस्थित सुन्दर एवम् मनमोहक गाउँ हो भुम्दी ।

पोखरा महानगरपालिकाको वडा नं. २२ को भुम्दीकोट क्षेत्रमा गाउँघरतर्फ कोरिएको कच्ची बाटो कास्की जिल्लाकै जेठो कच्ची बाटोमा पर्दथ्यो र हाल ५० प्रतिशत बाटो कालोपत्र भएकोछ र बाकी रहेको बाटो निर्माणाधीन अवस्थामा रहेको छ । पोखराको पृथ्वीचोकबाट सिद्धार्थ राजमार्ग हुँदै १५-२० मिनेटमा तिलहर (करकले) सम्म आएपछि २५-३० मिनेटमा  भुम्दी गाउँ पुग्न सकिन्छ ।

भुम्दीकोटको डाँडाकाँडाबाट पोखरा बजार, फेवाताल, पन्चासे पहाड र माछापुच्छ्रे अन्नपूर्ण हिमशृङ्खलाको अनुपम दृश्यहरु अवलोकन गर्न सकिन्छ भने दक्षिणतर्फ नुवाकोट, स्याङ्जा बजारको पनि दृश्य अवलोकन गर्न सकिन्छ।

‘गाउँलाई फर्केर हेर आफ्नो गाउँ मिलेर बनाऊ’ भन्ने नारा लिई २०५८ सालमा बजारहरूमा भएको बसाइँसराइँले भुम्दीकोटको विभिन्न पक्षको विकासमा अड्चन र ढिलाइ स्थापना भएको निष्कर्श सहित भुम्दीकोट समाज पोखराको गठन भएको हो ।

भुम्दिकोट समाज पोखराको स्थापना पछी गाउँको विकासको लागि इटाहरु थप्ने र  थपि रहने क्रम बढिरहेको छ । विश्वको विभिन्न देशहरुमा पेसा, व्यापार व्यवसाय, नोकरी आदि गरी विकासको चिन्तन मनन गरी विकासमा सहयोगी भूमिकाहरु निभाइ रहेका छन् ।

Scroll to Top